Friday, October 4News That Matters

उदयपुरगढीको भवन निर्माण फाईल अख्तियारमा

पूर्णपुष्टि/उदयपुर, फागुन १९ गते

-उदयपुरगढी गाउँपालिकाको भवन निर्माणको लागि गरेको टेण्डर प्रक्रियामा कर्मचारीकै मिलेमतो देखिएको भन्दै उजुरी परेपछि अख्तियारले फाईल तानेको छ । अख्तियारको क्षेत्रिय कार्यालय, ईटहरीले टेण्डर प्रक्रियाका सम्पूर्ण सोमबार तानेको हो ।

गाउँपालिकाको कार्यालय भवन तल्ला थप, खानेपानी व्यवस्थापन तथा अन्य मर्मत सूधार निर्माण सम्बन्धी छुट्टाछुट्टै २ वटा कामको गत पुष १४ गते बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएकोमा सूचनाको अन्तिम मिति माघ १५ गते अपरान्ह १२ बजे सम्म बोलपत्र दत्र्ता गर्ने समय तोकिएको थियो ।

उक्त समय सिमाभित्र जम्मा ७ वटा फर्महरुले मात्र बोलपत्र दत्र्ता गराएकोमा सूचनामा तोकिए अनुसार सोहि दिन दिउँसो २ बजे टेण्डरहरु खोल्दा ९ वटा फर्मको बोलपत्र दत्र्ता भएको जानकारी कार्यालयले गराएको थियो ।

यसरी २ वटा फर्म बढी दत्र्ता कसरी र कुन समयमा भयो भन्ने बारे निर्माण व्यवसायीहरुले खोजिनीती गर्दा कार्यालयका ओभरसियर थापाको मिलेमतोमा भित्रभित्रै बोलपत्रको दररेट मिलाई समय सिमा भन्दा बाहिर गएर फर्म दत्र्ता गराएको खुलासा भएको आरोप छ ।

निर्माण व्यवसायी संघ उदयपुरका सचिव गोविन्द कार्की र स्थानिय निर्माण व्यवसायीहरु सुनिल साह र दिनेश शाही ठकुरीले अख्तियारमा उजुरी दिएका थिए ।

कर्मचारीले गरेको अनियमितताकै कारण २०७४।११।०३ मा राजधानी दैनिकमा बोलपत्र स्विकृत गर्ने आशयको सूचना प्रकाशित गर्दा कबोल अंक(भ्याट बाहेक) एउटा छ भने पुनः मिलान गर्न खोज्दा  २०७४।११।०४ मा सोही दैनिकमा भूलसुधार गरिएको सूचना प्रकाशित गरी कबोल अंक अर्कै उल्लेख गरेको देखिएकोछ ।

उक्त घटना बारे गाउँपालिका प्रमुख मोहन बहादुर मगरले कर्मचारीहरुले गरेको कामको खोजीनिति भईरहेको बताउनुभएको छ । अनियमितता गरेको ठहरिए कार्यवाही गरिने उहाँले बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0