Friday, February 14News That Matters

उदयपुरगढी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड शुरु

पूर्णपुष्टि, पुष २३ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ बाहुनीटारमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । धुवाजन माविको आयोजना र गाउँपालिकाको संयोजनमा आयोजित प्रतियोगितामा गाउँपालिकाभरका १६ विद्यालयका विद्यार्थीहरू सहभागी छन् ।

गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक बविन राईका अनुसार विद्यार्थीहरूले भलिबल, एथलेटिक्सका विभिन्न खेल र छेलो हान्ने लगायतका प्रतिस्पर्धामा भाग लिनेछन् । गाउँपालिका अध्यक्ष मान बहादुर केप्छाकी मगरले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा उपाध्यक्ष जितबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईं, विभिन्न वडाका अध्यक्षहरू, गाउँपालिका प्रवक्ता सहेक विश्वकर्मा, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।