
पूर्णपुष्टि, १८ असार ।
उदयपुरमा अटो टेम्पु दुर्घटना हुँदा चालकको मृत्युृ भएको छ । मृत्यु हुनेमा त्रियुगा नरपालिका १२ का १८ बर्षिय मोहमद रुस्तम रहेको छ । दुर्घटनामा टाउको पछाडी चोट लागेको रुस्तमको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । रुस्तम सँगै अटोमा रहेको ७ बर्षिय बालक मोहमद नसिर भने गम्भीर घाईते भएको छ । उनलको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको जनाईएको छ । दुर्घटना उदयपुरगढी गाउँपालिका ७ अधेरी स्थित मदनभण्डारी राजमार्गमा भएको हो । उक्त टेम्पु नेपालटार बाट गाईघाट तर्फ आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
