Sunday, March 16News That Matters

उदयपुरमा आई.पि.भि खोप लगाउन छुटेका १९५३३ बालावालिकाहरुलाई पूर्ण खोप दिँईदै

पूर्णपुष्टि, ९ जेष्ठ ।

उदयपुरमा १९५३३ बालवालिकाहरुलाई आई.पि.भि खोप लगाईने भएको छ । जिल्लाको ८ ओटै पालिकामा राष्ट्रिय खोप अभियान २०८०÷८१ अन्तर्गत पोलियो विरुद्धको (आई.पि.भि) खोप लगाईने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाका अनुसार उदयपुरको आठ पालिकामा दुई चरण गरी खोप लगाईने भएको हो ।

बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिकामा यहि जेष्ठ १३ देखी १८ गते सम्म र कटारी, ताप्ली र उदयपुरगढीमा जेष्ठ २१ गतेदेखी २६ गते सम्म गरी दुई चरणमा खोप लगाईने निरौलाले जानकारी दिए । पोलिया बिरुद्धको आई.पि.भि खोप नेपालमा नियमित रुपमा लगाईदै आएको भएपनि ०७३ देखी ७५ सम्म भने खोप छुटेका थिए । उक्त खोप फेरी ७६ सालदेखी नियमित भएपनि ७३ साल बैशाख देखी ७५ साल अशोज सम्मका खोपबाट बन्चित बालवालिकाहरुलाई पूर्ण खोँप दिन लागिएको निरौलाको भनाई छ । उक्त खोप जन्मेको १४ हप्ता र ९ महिना गरी दुई पटक दिईन्छ । तर कारणबस छुटेको भए ५ बर्ष सम्म दिन मिल्छ । खोप तोकिएको समयमै लगाउन उचित हुने जनाईएको छ । यदि समय छुटेर पछि लगाए त्यस्को प्रतिरोधात्मक शक्तिमा ह्रास आउने स्वास्थ्य कार्यालयको भनाई छ ।

यो रोग सरुवा रोग भएकाले रोग लाग्न अगावै सुरक्ष्ति हुन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । यो भाईरस लागि सकेपछि विश्वको कुनै पनि ठाउँमा उपचार हुने बिधि र उपाय नभएको हुँदा खोप लगाई सुरक्षित रहन बिकल्प नरहेको कार्यलयले जनाए ।

कार्यालयले अनिवार्य रुपमा खोपमा वालवालिकाहरुलई सहभागी गरउन भनेको छ । खोप सुरक्षित रहेकाले कुनै पनि संकाको आधारमा खोपबाट बालवालिकाहरुलाई बन्चित नगर्न नगराउन कार्यालयको अनुरोध छ । खोप लगाउने पूर्ण तयारीको बारे बुधबार पत्रकारहरुलाई जानकारी गराउँदै प्रचार प्रसार गर्न आह्वान गरेको छ ।

पोलिया भाईरस निस्कृयको लागि आई. पि.भि. खोप लगाउन अनिवार्य रहेको कार्यालयले जनाए । खोपका संञ्चालनका लागि करिब ४४३ जना स्वाथ्यकर्मीहरु खटाईएको छ । हाल उदयपुर खोप अभियानमा कोशी प्रदेशकै उत्कृष्ट भएको कार्यालयले जनाए । बर्षमा तिन ओटा सम्म खोप अभियान संञ्चालन गर्दै गर्दा उदयपुर प्रदेशकै उत्कृष्ट र विश्वास्नीय बन्न पुगेको हो । यस खोप अवधिमा सबैखाले व्यवस्थापनहरुलाई चुस्तदुरुस्त बनाईने भएको हुँदा कुनै पनि बालवालिकाहरु जोखिम रहित खोप लगाउन सक्ने जनाईएको छ ।