
पूर्णपुष्टि, फागुन २६ । आगलागीमा परी उदयपुरमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका ८ पाखाटोलकी ६ बर्षिया जस्मिन मगर र २ बर्षिय रोजन मगर रहेको छ ।
शुत्रबार करिब ५ बजेको समयमा राम बहादुर मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा मानवीय क्षती सँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ । आगलागीमा मगरको अन्नपात, लत्ता कपडा, भाँडा भर्तन सबै जल्दा करिब १० लाख बराबरको क्षती पुगेको छ । आगो स्थानीय र प्रहरीले ६ बजे नियन्त्रणमा लिन सफल भएका थिए ।
इलाका प्रहरी कार्यालय भुट्टार बाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षकको टोली हाल घटना स्थल गएर थप अनुसन्धान गर्ने क्रम जारी रहेको छ । घटना स्थल सदरमुकाम बाट करिब ४५ किलो मिटर र भुट्टार बाट ६ किलो मिटर टाढा रहेको छ ।
