Wednesday, June 24News That Matters

उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट 

पूर्णपुष्टि, कार्तिक ८

उदयपुरमा आग्लागी हँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका– १ सिम्लेस्थित फुसको छानो भएको रहरमान राईको घरमा आग्लागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आईतबार बिहान १० बजेदेखि सल्कीएको आगो घर खरानी भएपछि मात्र नियन्त्रणमा आएको थियो । स्थानीय राईको एक तले घरमा भएको खाद्यन्न तथा लताकपडा र नगद सबै जलेको स्थानीले बताएका छन् । आगलागीको कारण भने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।