
पूर्णपुष्टि, कार्तिक ६ । उदयपुरको बेलका नगरपालिका वडा नं ८ मा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेको छ । स्थानिय ४८ बर्षीय दान बहादुर राईले आफ्नै श्रीमती ४० बर्षीय पुर्ण कुमारी राईमाथि आगो लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार गत असोज २२ गते समान्य घरायसी विवादका कारण श्रीमानले घरको भान्सा कोठामा श्रीमतीको शरीरमा मट्टितेल खनाई आगो लगाएका थिए । आगलागीबाट दुबै खुट्टा, छातिको भाग जलेको पुर्ण कुमारी राईलाई उपचारको लागी पारस अस्पताल बिराटनगर पु¥याईएको थियो । उनको उपचारको क्रममा गत कार्तिक ४ गते साझँ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राईलाई नियन्त्रण्मा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
