Sunday, June 14News That Matters

उदयपुरमा आग्जनी १५ लाख क्षति

पूर्णपुष्टि,फागुन ११

उदयपुरको बेलका नगरपालिका–३ रातापानी स्थित एक घरमा आग्जनी भएको छ । स्थानीय सुुमित्रा खत्रीको घरमा हिजो आग्जनी हुँदा करिब १५ लाख क्षति भएको हो ।

खत्रीको ७ बर्षीय छोरा रोसन खत्रीले लाईटर खेलाउने क्रममा घर नजिकै रहेको परालको कुन्युमा आगो सल्कीएको थियो । उक्त सल्कीएको आगोले खत्रीको टिनको छानो भएको २ तले घर, गाई गोठ, बाख्राको खोरमा आग्जनी भएको थियो । आग्जनी हँुदा घरमा रहेको भाडावर्तन, लत्ताकपडा,अन्नपात, नगद, आधा तोला सुन, महत्वपुर्ण काजपत्र, एउटा खसी, एउटा बाख्रा, पुर्ण रुपमा जली नष्ट भएको इलाका प्रहरी  कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पूर्णरुपमा १ घण्टापछि नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।