
पूर्णपुष्टि,फागुन ११
सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ । घाइतेहरुको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचार भइरहेको छ ।
बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको हिजो राती १२ बजे ठोक्किएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
