Sunday, June 14News That Matters

फरुवा प्रहार गरी श्रीमतीले गरे श्रीमानको हत्या

पूर्णपुष्टि,फागुन ११ 

कञ्चनपुरको एक महिलालाई आफ्नै श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका–६ भुरकोटकी २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको आज बिहान फरुवा प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

बिहान ५ बजे जानकारी पाए लगतै प्रहरी टोली घटना स्थल पुगेको थियो । घटना स्थलमा पुग्दा ओमकुमारको टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको प्रहरीले जनाएको छ । वसन्तीले घरायसी विवादमा फरुवा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।