Sunday, June 14News That Matters

सुनको मूल्य बढ्यो

पूर्णपुष्टि,फागुन ११

आज सुनको मूल्यमा वृद्धी भएको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले वृद्धी भएको हो ।

हिजो सुन तोलामा ८९ हजार रुपैयाँमा कारोवार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि आज वृद्धी भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।