
पूर्णपुष्टि,फागुन ११
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् ।
भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे भर्ना भएको भट्टराईको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आज दिनभर भट्टराईलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।
भट्टराई केही दिनअघि पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए । उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।
