
पूर्णपुष्टि, जेष्ठ १
उदयपुरमा शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १५ महिला र ३ पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमणको कुल संख्या ३ सय ७९ पुगेको छ । त्रियुगा नगरपालिकामा सबै भन्दा बढी संत्रमित देखिएको छ । त्रियुगामा मात्रै हाल सम्म १९१ जना संक्रमित देखिएको छ ।
आज सम्म कोरोना बाट मुक्त हुनेको संख्या १४ पुगेको छ । हिजो मात्रै ६ जनाले कोभिड हस्पिटल बाट कोरोना जितेर घर फर्केका थिए । यता मृत्युको संख्या भने केहि दिन देखि स्थीर छ, हाल सम्म मृत्यु भएको संख्या ७ रहेको छ ।
