
पूर्णपुष्टि, जेष्ठ ८
उदयपुरमा आज हाल सम्मकै उच्च संक्रमित फेला परेको छ । आज एकै दिन ६८ जना कोरोना संक्रमण थपिएको छ भने ५ संक्रमितको मृत्यु भएको छ । हाल सम्मकै उच्च संक्रमित शनिवार देखिएको स्वास्थ्य कार्यालय उदयपुरको विवरणमा उल्लेख छ । आज थप भएकाहरु सँगै उदयपुरमा कोरोना संक्रमितको सक्रिय कुल संख्या ५४४ पुगेको छ ।
कार्यालयका अनुसार आज थपपिएकाहरु महिला ३८ जना र पुरुष ३० जना रहेको छ । आज थप भएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी, लिम्चुङबुङ रौतामाई, कटारी र उदययपुरगढीकाहरु हुन् । आज त्रियुगाको २७, चौदण्डीगढीको १३, लिम्चुङबुङको ९, बेलकाको ५, उदयपुरगढीको ५, रौतामाईको ७ जना र कटारी नगरपालिकाको १ रहेको छ ।
आज मृत्यु हुनेमा ५ जना पुरुष रहेको तथ्याङकले उल्लेख गरेको छ । उनिहरु त्रिनपाको ३ जना, कटारीका १ जना र उदयपुरगढीका १ जना रहेको तथ्याङकले देखाएको छ । आज सहित जिल्लामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । यता जिल्लामा निको हुनेको संख्या ८८ पुगेको छ ।
