
पूर्णपुष्टि, जेष्ठ २
उदयपपुरमा आईतबार १९ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार जिल्लामा आज थप १९ जनामा संक्रमण पुष्टि भएको हो । आज त्रियुगा नगरपालिका चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकामा संक्रमण फेला परहेको हो ।
कार्यालयका अनुसार त्रियुगामा सबै भन्दा बढी ११ जना, चौदण्डीगढीमा ६ जना र रौतामाईमा २ जना संक्रमित थपिएको हो । आज थपिएको संक्रमितहरु मध्ये ६ महिला र १३ पुरुष रहेको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ३८७ पुगेको छ ।
जिल्लामा आज कोरोना बाट ४ जनाले ज्यान गुमाए सँगै मर्नेको संख्यामामा पनि बृद्धि भएको छ । यो सँगै जिल्लामा आज सम्म मर्नेको संख्या ११ पुगेको छ । केहिदिन स्थीर रहेको मृतकको संख्यामा आज ४ थपिएक सँगै ११ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यसैगरी निको हुनेको संख्या आज सम्म २३ पुगेको छ । जस्मा महिला ७ र पुरुष १६ रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ ।
