
पूर्णपुष्टि, जेठ ५ । उदयपुरको सदरमुकाम गाईघाटमा आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिका उदयपुरको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सचेतनामूलक कार्यक्रम सम्पन्नभएको हो ।
पछिल्लो समय जिल्लामा लागु औषध दुर्व्यसनी, आत्महत्या र दुर्घटना बढ्दै गएको अवस्थामा यस्ता नकारात्मक गतिविधिलाई रोक्न जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खाले कार्यक्रमहरू आयोजना गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेज्यूको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतज्यूको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक भिडियो डकुमेन्ट्रि सडकनाटक,साहित्यिक संस्कृतिक प्रदर्शनी समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक राजन चापागाईले उदयपुर जिल्लामा आत्महत्याको अवस्था र तथ्यांङ्क सम्बन्धमा प्रस्तुती दिएका थिए । । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाले विभिन्न कार्यक्रमको लागी समन्वय र सहयोगको लागी सवै स्थानीयतह,संघ संस्था, समाजसेविलाई धन्यवाद प्रकट गर्दै सबैको साथ सपोर्टले समाजमा भएको नकारात्मक गतिविधिलाई न्यूनिकरण गर्न सकिने बताएका छन् ।