Sunday, May 3News That Matters

उदयपुरमा इन्स्पेक्टरसहित २२ सशस्त्र प्रहरी सम्मानित

पूर्णपुष्टि, माघ १० । उदयपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २२ जना प्रहरी पुरस्कृति तथा सम्मानित भएका छन् । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरले आयोजना गरेको कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्यसम्पादन गर्ने इन्स्पेक्टरदेखि परिचरसम्मका प्रहरीलाई एसपी अशोककुमार शाक्यले सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा इन्स्पेक्टर भुवन बस्नेत, प्रहरी नायव निरीक्षक शिव कार्की, सहायक निरीक्षकद्धय गणेशबहादुर सुनवार, आशनारायण साह, वरिष्ठ हवल्दारहरु रिजालमान राई, कुलबहादुर खड्का, युवराज राई, प्रहरी हवल्दारहरु दोमनबहादुर परियार, पुष्प थापामगर, बिरेन्द्रकुमार कार्की, सहायक हवल्दारहरु प्रमोद राई, रमेशकुमार निरौला, डम्बर खड्का, मैया खत्री, जवानहरु चन्द्रबहादुर खड्का, रमिला राई, संजिवकुमार तामाङ, परिचरहरु जनकबहादुर वोगटी र कञ्चनकुमारी चौधरी रहेका छन् । त्यस्तै मासिकरुपमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी हवल्दार रामफुल चौधरी, सहायक हवल्दार लोकनाथ वाग्ले र कमला कार्की रहेका छन् ।

स्थापना दिवसकै अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत भएको विभिन्न खेलका विजेताहरुलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै एसपी शाक्यले सशस्त्र प्रहरी सिमा सुरक्षादेखि लिएर विपद्को घडीमा खोज तथा उद्धार कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताए । उनले छोटो समयमा सशस्त्र प्रहरीले आफ्ना सबै गतिबिधि देश र जनता प्रति समर्पित रहँदै काम गर्दै आएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पठाउनु भएको शुभकामना सन्देश डिएसपी होमनाथ भट्टराईले पढेर सुनाएका थिए । त्यसैगरी प्रहरी परिवारबाट नृत्य तथा गायनहरु प्रस्तुत गरिएको थियो । सोमबार दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा २१ जना शसस्त्र प्रहरीले रक्ततदान गरेका थिए ।