
पूर्णपुष्टि, असोज २७ । उदयपुरमा आतसबाजी पटका र अवैध औषधी प्रहरीले बरामद गरेको छ । शुक्रबार इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको गस्ती टोलीले कटारी १ स्थितबाट आतसबाजी पटका र अवैध औषधी बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार सिद्धिरण राजमार्ग स्थित चुरे जंगल नजिकै सडक किनारामा लुकाई छिपाई राखिएको करिव ५० हजार मुल्यबरावरको नागिन पटका र १ लाख ५० हजार बरावरको बिभिन्न प्रकारका अवैध औषधी बरामद भएको हो । बरामद भएको उक्त सामग्रीको अन्य थप अनुसन्धान भईरहेको प्रहरीले डिएसपी दाहालले जनाए ।