Saturday, February 14News That Matters

उदयपुरमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु

पूर्णपुष्टि, असार १४ । उदयपुरको त्रियुगा नगरपालिका–८ बगचौरी स्थितमा करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल विद्युत्त प्राधिकरण गाईघाट वितरण केन्द्रमा कार्यरत कर्मचारी त्रियुगा–१० बोक्से बस्ने ४५ बर्षीय राम कृष्ण राजधामी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार दिउँसो साढेँ ५ बजेको समयमा बागचौरी स्थितमा विद्युतको पोलमा चढी बिद्युत लाइन बनाउने क्रममा करेन्ट लागि गम्भिर घाईते भएका राजधामीलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उनको उपचारको क्रममा ६ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।