
पूर्णपुष्टि, साउन २६ । उदयपुरमा कर्तव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका–२ बेलाहा बस्ने ३१ बर्षीय चित्रमान राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बिहिबार बिशेष सुचनाको आधारमा खटिएको प्रहरी चौकी भागलपुरका प्रहरी टोलीले अन्दाजी ९ बजेको समयमा घरवतनमै लुकिछिपि बसेको अबस्थामा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीले जानकारी दिए । मिति २०६७÷०९÷२५ गते जिल्ला अदालतले कर्तव्य ज्यान मुद्धामा ५ बर्ष कैद तोकेतापनि उनि हालसम्म फरार रहेका थिए । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए ।