उदयपुरमा कर छलीका अबैध सामान बरामद

पूर्णपुष्टि, असोज १३
उदयपुरमा राजश्व छली गरेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्तामा बुधबार बिहान १० बजे काठमाण्डौँबाट गाईघाट तर्फ आउँदै गरेको बा २० च १३९ नम्बरको पिकअपलाई चेकजाँच गर्दा कुनै पनि बिल बिजक नभएको फलामबाट निर्मित डेकोरेसनको सामान करिब रु.१,८७,५०० बराबरको सामान प्रहरीले बरामद गरेको हो । अनुसन्धान पश्चात कारवाहीको लागि करदाता सेवा कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: