उदयपुरमा कार्यरत डिएसपी गौतमले पाय, अपराध शाखा तर्फ प्रदेश १ कै उत्कुष्ट पुरस्कार

पूर्णपुष्टि, असोज २०
उदयपुरमा कार्यरत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले अनुसन्धान तर्फ प्रदेश नं १ कै उत्कृष्ट प्ररीको उपाधि पाएका छन् । १ नं प्रहरी कार्यालय विराटनगरले डिएसपी गौतमलाई अनुसन्धान तर्फ उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश भरीकै उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो ।

सुवेदीलाई ६६ औँ प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरीले विराटनगरमा पुरस्कृत गरेको हो । डिएसपी गौतम करिब १ बर्ष देखि उदयपुरमा निरन्तर कार्यरत छन् । गौतमलाई केहि समय अघि मात्रै जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि उत्कृष्ट प्रहरी घोषित गरेका थिए ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन भएर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको आधारमा डिएसपी गौतमलाई जिल्लाले पनि यस अघिनै उत्कृष्ट प्रहरी घोषित गरिसकेका थिए । गौतमलाई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुराएकोमा उच्च मुल्याङकन समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: