
पूर्णपुष्टि, जेष्ठ, १०
उदयपुर÷जिल्ला ट्राफिक कार्यलय उदयपुर गाईघाटमा कार्यरत हवलदार तिलक पौडेल प्रदेश न. १ बैशाख मैहिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएकाछन् ।
कोरोना भाइरसको जोखिम रहेको उदयपुर र त्याहाँको जनताहरुलाई जोखिमबाट बचाउन जनचेतना फैलाउने र उच्च मनोवलको लागि पौडेलले घरघरमै गइ प्रेरित गरेका थिए । उदयपुरको मुख्य कोरोनो भाइरस क्षेत्र रहेको भुल्केमा उनले आफ्नो काम कर्तव्यलाई प्रमुख क्षेत्र बनाई त्यहाँका जनताहरुलाई घरमै बस्न र कोरोना बाट बच्न ढुक्क हुन अनुरोध गर्ने कामलाई तिब्र बनाएका थिए ।
पौडेलले कोरोनाको रोकथाम र नियन्त्रणका लागि भुल्केका जनताहरुलाई कोरोना सम्बन्धि बिभिन्न जानकारहीहरु सामाजिक दुरी कायम गर्न, बाहिर ननिस्कन, माक्सको प्रयोग गर्न, सरसफाइमा ध्यान दिन जस्ता कुराहरु सुझाउदै जनताहरुलाई साहस दिलाउने काम समेत गरेको जिल्ला ट्राफिक कार्यलय उदयपुरले जनाएको छ ।
उनले जनताहरुलाई कोरोना भाइरस सम्बन्धि नआत्तिन र त्यसको लागि आफुहरु बाहिर खटिरहेको बताउदै आफ्नो काममा निरन्तर लागि परिरहेका थिए । जनताहरुलाई घरमै बसेर सहयोग गर्न अनुरोध गरी आफ्नो कर्तव्यलाई पूर्नपालना गर्दै २०७७ साल बैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित हुन सफल भएको ट्राफिक कार्यलय उदयपुरले जनाएको छ ।
पौडेलले कोरोनो भाइरस संक्रमण अवस्थामा सवारीहरुको चाप कम गर्ने पास सदुपयोग र दुरुपयोगको बारेमा सवारी चालकहरुलाइ रोडमै जनचेतना दिने कार्यमा पनि तिव्र बनाएका थिए ।
बिभागिय नीति बमोजिम ब्यबसायिक ढंगबाट लगनशिल एवं कर्तब्यनिष्ट तबरले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो भुमिका उच्च बनाएर कर्तव्यमा लागि परेको भन्दै पौडेललाई उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरीएको प्रदेश नं १ प्रहरी कार्यलयले जनाएको छ ।
