उदयपुरमा कार्यरत दियाली उत्कृष्ट ट्राफिक प्रहरी घोषित

पूर्णपुष्टि, १६ भदौ ।
उदयपुरमा कार्यरत रहेका ट्राफिक प्रहरी हवल्दार सागर दियाली साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएको छ । दियालीलाई नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय ईटहरीले उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो । दियालीले दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरुमा सहभागी जनाई चेतना अभिबृद्धि गरेको र व्यवसायीक, लगनशिल, कर्मनिष्ठ तवरले काम कर्तव्यको भुमिका निर्वाह गरेको कदर पत्रमा उल्लेख गरिएको छ । ट्राफिक समस्या अन्गर्तत पार्किङ व्यवस्था, ट्राफिक नियम, विद्यार्थी, चालक, स्थानीय, ब्यपारी लगायत सम्बन्धित निकायहरु सँग महत्वपूर्ण आवश्यक परार्ममा दियालीले भुमिका खेलेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0