Monday, April 20News That Matters

उदयपुरमा कार्यरत प्रमोद राई फागुन महिनाको उत्कृष्ट सशस्त्र प्रहरी घोषित

पूर्णपुष्टि, ९ चैत्र ।
उदयपुरमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार प्रमोद राई उत्कृष्ट सशस्त्र प्रहरी घोषित भएको छ । राई फागुन महिनको उत्कृष्ट सशस्त्र प्रहरी घोषित भएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ५. हे.क्वा उदयपुरमा कार्यरत राईको कार्य क्षमताको आधारमा उत्कृष्टता घोषणा गरेको हो । राईले उदयपुरको पर्यटकीय क्षेत्र रमिते डाँडाँबाट उडाएको प्याराग्लाईडिङ अन्यन्त्रित बनी सालको रुखमा अड्किएको अवस्थामा दुईजना पाईलटलाई सकुसल उद्धार गरेको भन्दै कदर पत्र सहित उत्कृष्ट घोषणा गरेको हो ।

प्याराग्लाईडि स्थानीय सामुदायिक वन नव उदय सामुदायिक वन स्थित चप्पनमा सालको रुखमा अड्एिको अवस्था थियो । करिब सय फिट माथि अड्किएको दुई जनालाई राईले रप रेस्क्यु बिधिबाट उद्धार गरेका थिए । प्याराग्लाईडिङ हावाको प्रभावले रुखमा अड्किएका थिए । राईलाई मानव जिवन बचाउन जस्तो महत्वपूर्ण भुमिकामा सहभागी बनी अमुल्य जिम्मेवारी पुरा गरेको भन्दै सम्मान सहित उत्कृष्टताको कदर पत्र प्रदान गरिएको छ ।