उदयपुरमा कार्यरत प्रहरी जवान राई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित

पूर्णपुष्टि, मंसिर ८
ईलकाका प्रहरी कार्यालय कटारी उदयपुरमा कार्यरत प्रहरी जवान विक्रम राई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित हुन सफल भएको छ । प्रहरीको कार्यमा अग्रपंंति रहि जनताहरुको सुरक्षामा प्रतिवद्ध भई लागि परेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले राईलाई जिल्लाकै उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

राईले प्रहरीको कार्य अन्तरर्गत बिभिन्न कार्यविधिहरु अपराधका घटनाहरु घटाई वारदात पश्चात फरार रहेका प्रतिवादी, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी, अबैध लागु औषध गाँजा ५४ के.जी. सहित विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको कार्य उल्लेखित छ । उनिहरुलाई पक्राउ गरी कानुनी दायारामा ल्याउन ठुलो भुमिका खेलेको भन्दै राईलाई कार्तिक महिनाकै उत्कष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक तथा एसपी सुवास चन्द्र बोहोराले बताउनुभयो ।

राईले विभागिय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएकोमा सम्मान तथा उत्कृष्ट प्रहरी घोषित गरेको एपसी बोहोराले बताउनुभयो ।

अपराधिक गतिबिधीहरु रोकथाम तथा नियन्त्रण, बिशेष सुरक्षा योजनाहरुको तयार गरी प्रहरी परिचालनमा सहयोग पु¥याई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले कारागार सुरक्षा गार्ड, उदयपुर दरवन्दी भई ईलाका प्रहरी कार्यालय कटारी, उदयपुरमा कार्यरत उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल कार्तिक “महिनाको उत्कृष्ट प्रहरी” बन्न सफल भएको उत्कृष्ट प्रहरीको विवरण कार्यमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: