
पूर्णपुष्टि, माघ ६
उदयपुरको बेलाका नगरपालिका रामपुर ठोक्सिलामा कार्यरत प्रहरी जवान नर वहादुर कार्की र इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक (इनिस्पेक्टर) देउ प्रसाद लिम्बु प्रदेश नं १ पुष महिनाको उत्कृष्ट प्रहरी घोष्ति भएका छन् । कार्की र लिम्वु दुवई जना प्रदेश १ पौष महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएको हो ।
विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रहरी निरिक्षक लिम्वु र जवान कार्कीलाई उत्कृष्ट प्रहरी घोषित गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।कार्यालयले उनिहरुको उत्कृष्ट कामको बिभिन्न उदाहरण उल्लेख गर्दै अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउन ठुलो प्रहरीको कार्य सम्पादन गरेको जनाए ।

लिम्वुले २० बर्ष अगाडी कर्तव्य ज्यान मारेको र तत्काल अभियुक्त नखुलेको अवस्थामा घटनामा संकित व्यक्तिलाई निगरानिमा राखी प्रतिवादीको पहिचान गरी थप प्रमाणहरु जुटाएर पक्राउ गरेको, अनुमति प्राप्त नभएको डुंगा संचालन गरी क्षमता भन्दा बढी यात्रु हालेर लापरवाही गरी सप्तकोशी नदिमा चलाउँदा दुर्घटना हुदा १५ जना बेपत्ता पारि फरार रहेको मुद्धामा पक्राउ दोषिलाई ८ बर्ष पछि पक्राउ गरेको र अन्य थुप्रै कार्यहरु गरेको कार्यालयले जनाएको छ । साथै यी सामाजिक अपराधहरुको निराकरण गर्ने क्रममा आम नागरिकहरुमा सुरक्षाको अनुभूति भएकाले समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कामले इलाका प्रहरी कार्यालय पशुपतिनगर, इलाम दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुलाई उत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको कार्यालयले जनाए ।

यस्तै इलाका प्रहरी कार्यालय संखुवासभा दरबन्दी भई हाल रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नर बहादुर कार्कीलाई पनि उनको कार्य सम्पादनका उच्च मुल्याङकन गर्दै २०७८ साल पुस “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

