उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम, भदौ महिनाको उतकृष्ट प्रहरी घोषित

पूर्णपुष्टि, असोज १४
उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएको छ ।
गौतमले आफ्नो पेसाको जिम्मेवारीलाई जनताहरु सामु राम्रो प्रदर्शन गर्नुका साथै जनताहरुलाई सुरक्षा अनुभुति दिलाउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको उदयपुरका प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराले बताए ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको आधारमा डिएसपी गौतमलाई उत्कृष्ट प्रहरी घोषित गरेको एसपी बोहोराले बताए ।
गौतमले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुराएकोमा उच्च मुल्याङकन गरिएको छ । विभिन्न अपराधमा संलग्न वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी लगायतका अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन सफल भएको भन्दै गौतमलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
गौतमले आफ्नो कर्तव्यमा अडिक रहि आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको उल्लेख छ । गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरबन्दी भई कार्यरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: