
पूर्णपुष्टि, वैशाख १०।
उदयपुरको भुल्के मस्जिदबाट सबैभन्दा पहिलोपटक स्वाप नमुना परिक्षण गरिएको १६ जना सबैमा कोरोना पोजेटिप पुष्टि भयो । यसअघि १३ जनाको पुष्टि भइसकेको थियो भने आज बाकी ३ जनाको पनि पुष्टि भएको हो । १३ जना संक्रमित पुष्टि भएपछि विराटनगरको एक क्वारेन्टाइनमा राखिएका ती ३ जनालाई आज धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।थप यी ३ जना पनि पोजेटिभ पुष्टि भएपछि अव उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
सुरूमा स्वाप परिक्षण गरिएका १६ मध्ये १३ जनामा पाेजेटिभ देखिएपछि, भुल्केकाे मस्जिदबस्तीमा ५३ घर मुस्लिम समुदाय र छेउछाउका अन्य समुदाय गरी ३ सय २० जनाकाे स्वाप नमुना संकलन गरिदा १२ जनाकाे पाेजेटिभ देखियाे । बाँकि ३ जनाकाे पनि पुष्टि भएपिछ भुल्केमै कुल २८ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।
