Sunday, June 28News That Matters

खोलामा डुबेर १ जनाको मृत्यु

मोरङ, बैशाख १० गते ।

मोरङ उर्लाबारीको बक्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । उर्लाबारी–१ निबासी हस्तबहादुर राईको छोरा १४ बर्षीय सन्देश राईको खोलामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घर देखी करिब १ किलोमिटरको दुरीमा रहेको बक्राखोलामा अपरान्ह ४ बजे डुबी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा डुबी रहेको अवस्थामा स्थानीयले देखी तत्काल उपचारको लागी अरनिको अस्पताल उर्लाबारीमा लगी उपचार गराउने क्रममा साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।