उदयपुरमा किराँत समुदायको उधौली (साकेला) भब्यरुपले मनायो

पूर्णपुष्टि, पुष ४
उदयपुरमा किराँत राई समुदायले साकेला नाचेर अधौली पर्व भब्यरुपले मनाएका छन् । अन्नवाली राम्रो होस् भनी प्रकृतिलाई पुज्दै बैसाखे पूर्णेमा उभौली साकेला मनाउने राई समुदायले यतिबेला बाली भित्राएको खुसीयालीमा उधौली मनाएका हुन् । किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नविन राईका अनुसार वर्षमा दुईपटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौलीपर्व मनाउने गर्दछन् ।


उधौली साकेलाको अवसरमा उदयपुरको बेल्टारमा किराँत राई जातीको पहिलो राजा यलम्बरको सालिक अनावरण भएको छ भने जिल्लाको मुख्य तीन स्थानमा भब्य साकेला नाँचको आयोजना भयो । चौदण्डीगढी नगरपालिकाको बेल्टारमा उधौली नाचको आयोजना गरी यलम्बरको सालिक अनावराण गरिएको हो ।

स्थानीय किन्दरमाया राई र उहाँको परिवारले स्वर्गिय पति कृष्णबहादुर राईको स्मृतिमा ४ लाख २५ हजारको लगानीमा यलम्बर सालिक निर्माण गरेको हो । यलम्बर सालिकको अनावरण चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले गर्नुभयो । सदरमुकाम गाईघाट र पश्चिमी ब्यापारिक केन्द्र कटारीमा उधौलीको आयोजना गरी भब्य साकेला नाचिएको किराया अध्यक्ष राईले जानकारी दिनुभयो ।


भाषाशास्त्री डा. कैलाश राईका अनुसार ढोल, भ्mयाम्टा बजाउदै साकेला नाचिन्छ । विभिन्न शैली प्रदर्शन गर्दै नाचिने साकेला नाचलाई सिलि भनिन्छ । जीव, जन्तुदेखि विभिन्न कृषिसंग सम्बन्धीत कामहरुको शैली सिलिमा प्रस्तुत गरिन्छ । चरा नाचेको, गंगटा हिडेको, माछा उफ्रेको, भाले नाचेको साकेला नाचेर सिलिमा दुरुस्तै देखिन्छ । धान रोपेको, मकै छरेको देखि अन्नपात रोपेदेखि गोडेको, काटेको र भकारीमा थन्काएकोसम्म सिलीमा देखाइन्छ ।

हातमा चौरी गाईको पुच्छर, रुमाल, हरियो सेउला लिएर लहरै नाचिने साकेला हेर्न अतिनै आकर्षक हुन्छ । गहिरो तालमा घन्किने जोडी ढोल र भ्mयाम्टाको रौनकमा साकेला नाच्नेहरु थाकेको महशुस गर्दैनन् । पुरुष–महिला एकसाथ समावेश भएर गोलो घेरामा नाच्ने गर्छन् । बालबालिकादेखि पाका उमेरकासम्म सारमा सार मिलाएर साकेला नाच्ने गर्दछन् । किराँत राई युवायुवतीको विशेष जमघट हुनेगर्छ । राई समुदाय मात्र नभई अन्य जातीका मानिसहरुसमेत जमेर नाँच्ने गर्दछन् ।

साकेलामा नाचेर दुःख, पिडा भुल्ने, मनलाई खुसी दिलाउदै एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । टाढा पुगेका परिवारजन, आफन्तजन, नरनाता, छरछिमेकसंग भेटघाट गर्ने अवसरको रुपमा पनि लिइन्छ । विशेषगरी छोरीचेलीहरुले माइती सम्झेर विशेष कोशेलीका साथ भेट्न आउने गर्दछन् ।
उधौली साकेला चाँडलाई राई समुदायले अन्नबाली फल्यो, अव बाँचियो है भन्ने हेतुले पनि मनाउने गरेको राई समुदायका पाको अगुवा जीतमान राईले बताउनुभयो । वैशाखे पूर्णे ताका खेतबारीमा अन्नबाली लगाई सकेर लेकतिर चढ्ने भएकाले उभौली साकेला चाँड मनाउने र यतिबेला खासगरी मंसिरे पूर्णेताका अन्नबाली फलेको अवस्थामा बेसीतिर बसाई झर्ने भएकोले उधौली साकेला चाँड मान्ने पौराणीयक मान्यता रहेको उहाँले बताउनुभयो ।

किराँत राई यायोक्खाका केन्द्रिय सदस्य गणेश खालिङ राईकाअनुसार परापूर्वकालमा अन्नबालीको जमाना अगाडि मासिन सिकार गरेर आप्mनो आहारा टार्ने गर्दथे । त्यसबेला सिकार गरेको खुसियालीमा साकेला नाचेर खुसी मनाउने गर्दथे । राई भाषामा “सा” को अर्थ मासु र “केला”को अर्थ नाँच । सिकार गरिसके पछि खाने कुराको प्रवन्ध भएको खुसिलायीमा नाँच्ने गर्दथे । त्यसै कुरालाई परम्पराको रुपमा साकेला नाच दिइ नाच्न थालिएको पौराणिक भनाई रहेको छ ।
प्रकृतिपूजक राई समुदायले सिकारकै क्रममा अन्न पत्ता लगाएको मिथ्य पनि छ । किराँत किम्बन्दन्तीहरुमा सिकारको क्रममा ढुकुर मारिन्छ र ढुकुरको गाँडमा कोदो, मकै, धानको विउँ फेलापर्छ, त्यसलाई एक किराँत युवा पात्रले भस्मे पाखा फाँडेर छर्छ र अन्न फलाउछ । त्यसैको विकसित रुप अहिलेको खेतीमाती हो भन्ने मान्यता राखिएको छ ।
अन्नको विकास भएपछि भने राई समुदायले उभौलीमा अन्नबाली राम्रो होस् भन्दै प्राकृतिक देवी, देवतालाई भाग्ने, चराचुरुङ्गी, जीव जनावरलाई बाली नष्ट नगरिदेउ भन्दै भाक्ने चलन छ । उधौलीमा लगाएको बालीनाली सप्रेको र उत्पादन भएको खुसियालीमा मनाउने गरिन्छ । यी सबै पौराणिक मिथ्यलाई साकेला गीत र सिलीले प्रमाणीत गर्ने गर्दछ ।
राजधानी काठमाडौं लगायत विशेषगरी पूर्वी किरात राई बस्ती रहेका जिल्लाहरुमा विशेष ढंगले साकेला पर्व मनाउने गरिन्छ । साकेला नाँच विशेषढंगले नाँच्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: