Friday, May 22News That Matters

उदयपुरमा किरात जनगणराज्य मोर्चा गठन, प्रदेश नामाकरण संघर्ष समितिलाई सघाउने

पूर्णपुष्टि, ९ वैशाख । उदयपुरमा पनि किरात जनगणराज्य मोर्चा गठन भएको छ । शनिवार गाईघाट स्थित होटल टाउन हलमा २५ सदस्यीय कार्यसमिति रहने गरी मोर्चा गठन भएको हो । किरात जनगणराज्य मोर्चाका अभियान्ता गोपाल किराँतीको उपस्थितिमा मोर्चा गठन गरिएको छ । मिन वहानुर राईको संयोजकत्वमा हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरियो ।

२५ जना कार्यसमित रहने गरी निर्मण हुने उक्त मोर्चाको गठनमा बाँकी सदस्यलाई पछि थप गरिने छ । अभियान्ता राईले यस मोर्चाले कोशी प्रदेश खारेजी र पशिचान मुखी नामकरणमा भैरहेको संघर्ष समितिलाई सघाउने जनाए । उक्त मोर्चाले प्रदेश नं १ पून : नामाकरण संघर्ष समितिलाई सहयोग गर्ने जनाएको छ । यसले आन्दोलनलाई थप सफलता बनाउन एउटा इटाको रुपमा सक्ति थप्ने काम गरेको राईले जनाए । राईले उक्त आन्दोलनलाई साथ दिँदै निरन्तर रुपमा अगाडी बढाउन यस मोर्चाको मुख्य भुमिका र दायित्व रहेको जनाए । उदयपुर सहित हाल प्रदेश नं १ को ६ ओटा जिल्लाहरुमा मोर्चा गठन गरिसकेको र बाँकीमा पनि गठन हुने कार्य जारी रहेको जनाईएको छ ।