Friday, June 19News That Matters

उदयपुरमा किसानलाई भैंसी वितरण

पूर्णपुष्टि, असार २३ गते ।
उदयपुरमा किसानलाई भैँसी वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१६ को सुकौरामा किसानहरुलाई व्यवसायिकतातर्फ अगाडी बढाउने भन्दै भैँसी प्रदान गरिएको हो । संघीय सरकार अन्तर्गत पशु सेवा विभागको ससर्त अनुदान अन्तर्गत स्थानीय कृषकलाई १२ वटा लैनो भैँसी हस्तान्तरण गरेको सो वडाका वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए । संघीय सरकार र त्रियुगा नगरपालिकाको संयुक्त प्रयासमा एघार थान दुध बोक्ने क्यानसमेत वितरण गरिएको छ ।
यस्तै, सोही स्थानमै आज एकदिने पशु शिविरसमेत सञ्चालन गरिएको छ । सो वडाले “एक घर एक भैँसी खाउ दूध नखाउ रक्सी” भन्ने नाराका साथ दूध उत्पादन प्रवर्दनमा विगतका वर्षदेखी लागिरहेको छ ।

ज्योति महिला सहकारी संस्था र त्रियुगा नगरपालिका पशुसेवा शाखाको आयोजनामा तथा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको प्रमुख अध्यक्षता र वडाअध्यक्ष मान वहादुर राईको बिषेश आथित्यतामा कृषकहरुलाई भैँसी वितरण गरिएको हो ।