
पूर्णपुष्टि, कार्तिक २२ । उदयपुरमा कुटपिट मुद्धाका दुई महिला सहित करणी मुद्धाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौ.न.पा.१० हडिया बस्ने ४८ बर्षीया पबित्रा कुमारी बिष्ट, १८ बर्षीया उमा बिष्ट र चौ.न.पा.१० खैराझोडा बस्ने परिवर्तित नाम (RKC) रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार सोमबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनिहरुलाई पक्राउ गरेको हो । कुटपिट सम्बन्धि मुद्धामा जिल्ला अदालतको २०७५÷०५÷२३ गतेको फैसालाले पबित्रा कुमारी बिष्ट र उमा बिष्टलाई जनही पाँच हजार रुपैया जरिबाना तोकेको थियो भने जबरजस्ती करण मुद्धामा जिल्ला अदालतले २०७७÷०५÷२३ गतेको फैसलाले RKC लाई दुई हजार रुपैया जरिबाना तोकेता पनि फरार रहेका उनिहरुलाई पक्राउ गरीएको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले बताए।