
पूर्णपुष्टि, भदौ १८
उदयपुरमा खुकुरी प्रहार गरी एकै परिवारका तिन जनाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–७ वाबिङ खोला स्थितमा बस्ने ४३ बर्षीय नर बहादुर बस्नेत रहेका छन् ।
उनले शुक्रबार बिहान ११ बजेको समयमा खुकुरी प्रहार गरी सोहि स्थान बस्ने राज कुमार बस्नेत, निजकै श्रीमती ३३ बर्षीया सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेतको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक राकेश कुमार पोदारले बताए ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्र.नि.को टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी उपरीक्षक सहित खटिएको प्रहरी टोलीले बेलका नगरपालीका वडा नम्बर ६ वरबोटबाट बस्नेतलाई भाग्दै गरेको अबस्थामा खुकुरी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको बस्नेतलाई जिल्लामा ल्याई आवश्यक थप अनुुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
