उदयपुरमा गणकको तालिम सम्पन्न, कार्तिक २५ बाट देशैभर दोस्रो चरणको जनगणना सुरु हुने


पुजा राजधामी

पूर्णपुष्टि, कार्तिक १७
उदयपुरमा दोस्रो चरणको जनगणनाको लागि गणकहरुलाई ४ दिने तालिम दिइएको छ । जिल्ला जनगणना कार्यालय उदयपुरले आयोजना गरेको ४ दिने अन्मि चरणको तालिम मंगलबार सम्पन्न भएको हो ।
कार्तिक १३ देखी सञ्चालित तालिममा ४५४ जनाको सहभागीता रहेको थियो । जिल्लाको गाईघाट, कटारी, बेल्टार र मुर्कुचिमा तालिम सञ्चालन गरिएको थियो ।

कार्तिक २५ देखी मंसिर ९ को बिचमा गणकहरु प्रत्येक घरमा गएर विवरण संकलन गर्ने कार्य रहेको जिल्ला जनगणना कार्यालय उदयपुरका प्रमुख शिवनारायण महतोले बताउनुभयो ।
यो जनगणना बृहत जनगणना भएकोले १५ दिनको अवधिमा गणकले ८० वटा प्रश्न भएको मुख्य प्रश्नावली भर्नु पर्ने छ । प्रश्नावलीमा जातजाती, भाषा, धर्म, लिङ्गका साथै महिला संग सम्बन्धि प्रजनन र मातृशिशु मृत्युदर लगाएतका संवेदनशिल प्रश्न समेत समावेश भएकोले गणकलाई ध्यान पूर्वक काम गर्न महतोले आग्रह समेत गर्नुभयो ।
पहिलो पटक पुरुष र महिला बाहेक अन्य लिङ्गिको समेत गणना गरिने महतोले जानकारी दिनुभयो ।
४ दिनको प्रशिक्षणमा मुख्य प्रश्नावली भर्न कक्षागत रुपमा अभ्यास समेत गराइएकोले कार्यक्षेत्रमा काम गर्न सहज हुने सहभागी राजेश अधिकारीले बताउनुभयो ।

नेपालको काठमाडौं बाहेक सवै ठाउँको तालिम सम्पन्न भएको छ, काठमाडौंमा १७ गतेसम्म तालिम हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागअनुसार पहिलो पटक ट्याबको प्रयोगबाट काठमाडौंमा पेपर्लेस जनगणना हुने भएको छ । यो भन्दा अगाडी २०६८ को जनगणना सम्म कागजको प्रयोग भएको थियो ।
जनगणनाले तल्लो प्रशासनिक तहसम्मकै जनसंख्याको आकार, प्रकार तथा संरचना दिने छ । यस्ता तथ्याङ्कहरूका आधारमा राज्यले आम नागरिकहरूको हितहुने गरी आवश्यक नीति, योजना तथा कार्यक्रमहरू तय गर्ने भएकाले यो जनगणना महत्वपूर्ण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: