
पूर्णपुष्टि, भदौ ७
उदयपुरको चौदण्डीगढीमा एक महिला गाँजा सहित प्रहरीले पक्राउ परेकी छिन् । आईतबार चौदण्डी नगरपालिका ३ स्कुलवारी लामु शेर्पाको घरमा अबैध गाँजा बिक्रि वितरणको सूचानका आधारमा बसाहा प्रहरी चौकीले ५९ बर्षिय लामु शेर्पालाई पक्राउ गरेको हो । प्रहरीले शेर्पाकै घरमा अन्दाजी १ केजी जति गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको जनाएको छ । उनलाई गाँजा सहित पक्राउ गरी बेल्टार प्रहरीलाई जिम्मा लगाई लागुऔषाध मुद्धामा म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

