
पूर्णपुष्टि, जेष्ठ ३
उदयपुरको मत परिणाम सार्वजानिकको क्रम जारी छ । यहाँ गणना पनि तिव्र रुपमा भैरहेको छ । त्रियुगा बाहेक अन्य सबै वडाहरुको मत गनणाकोकामहरु भैरहेको छ । जिल्लामा रहेको ४ ओटै गाउँपालिकाको मत परिणाम सार्वजानिक भैसकेको छ, भने नगरपालिकाहरुको गणाना भैरहेको अवस्था छ । ४ नगरपालिकाहरु रहेका मध्य बेलका, चौदण्डीगढी र कटारीको मत गणना भैरहेको छ । चौदण्डीगढी र बेलकामा चुनाव सकिएकै बेलाबाटै गनणना सुरु भएको थियो भने कटारीमा विवादका कारण मंगलबार बेलुका देखि मात्र मत गणना सुरु भएको थियो ।
त्रियुगाको भने विवादकै कारण अझै पनि मत गणनामा समस्या परेको छ । ७५ वडाहरु रहेको उदयपुरमा हाल हामिले गाउँपालिका तर्फको २६ वडाहरुको मत सर्वाजानिक भए अनुसार कस्ले काहाँ जिते भनेर प्रस्ट पार्न खोजेका छौ । नगरपालिकाहरुको पनि धेरै वडाहरुमा तगणना सकिएको भएपनि जारी रहेकाले गाउँपालिकाहरुमा सबै वडाहरु सकिए सँगै त्यस तर्फ वडाहरुमा कस्ले काहाँ जिते भनेर यो समचार तयार पारेका हौँ । गाँपालिका तर्फ लिम्चुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाको सबै वडाहरुको मत गणना भै अध्यक्ष उपाध्यक्षहरु समेत टुंगो लागि सको अवस्था छ ।
चार गाउँपालिका मध्ये लिम्चुङबुङ, ताप्ली र रौतामाईमा माओवादीले जित हासिल गरिसकेको अवस्था छ । लिम्चुङमा मेजर राई, ताप्लीमा ढुंडराज बिक र रौतामाईमा बिरेन्द्र मगरले बिजयी हाँसिल गरिसकेको अवस्था छ । यस्तैगरी उदयपुपुगढीमा भने एकीकृत समाजवादीले जित हाँसिल गरेको छ । ४ ओटै गाउँपालिकाहरुमा गठबन्धन गरेका उम्मेदवारहरु हुन् । यस्तैगरी उपमेयरमा पनि गठबन्धकै उम्मेदवारहरु बिजयी बनेका छन् । उपमेयहरुमा ताप्लीमा कांग्रेसका धना मगर, लिम्चुङबुङमा कांग्रेसका पुष्पलाल राई, उदयपुरगढीमा कांग्रेसका जित वहादुर खड्का र रौतामाईमा पनि कांग्रेसकै भुपेन्द्र थापाले जित निकालेको हो । यस्तै चौदण्डीगढी, बेलका र कटारीमा निरन्तर मत गणना भैरहेको छ । यस बारे हामि गणना सकिएपछि समचार तयार पार्ने छौँ ।
हाल गाउँपालिकाहरुको २६ गाउँपालिकामा एमाले ८ र माओवादी र कांग्रेस ७/७ ओटा वडामा विजयी
हाल सम्म गाउँपालिका तर्फको वडाका नतिजा हेर्दा एमालेले ८ ओटा वडाहरु जितेर अग्र स्थानमा रहेको छ । एमालेले ४ गाउँपालिकामाको २६ वडा मध्ये ८ ओटा वडाहरु जितेको हो । यस्तै कांग्रेस र माओवादीले ७/७ ओटा वडाअध्यक्षमा जित हाँसिल गरेको छ । त्यस्तै २६ वडामा २ जना भने स्वतन्त्रहरु बिजयी बनेका छन् । लिम्चुङबुङमा बागी उम्मेदवार गुरुमणी कुमाईले ३ नं वडामा जित हाँसिल गरेको छ भने उदयपुरगढीमा २ मा धारा चिन्हका स्वतन्त्र उम्मेदवार इन्द्र वहादुर राउतले अध्यक्षमा जित हाँसिल गरेको हो । बाँकी १÷१ ओटा समाजवादी र एकीकृत समाजवादीले जितेको छ ।
रौतामाई गाउँपालिका
एमालेले सबै भन्दा बढी रौतामाईमा ५ ओटा वडाहरुमा जित निकालेको छ । ८ ओटा वडाहरु रहेको यस पालिकामा २ ओटा कांग्रेस र १ ओटा माओवादीले जितेको छ । जस मध्ये एमालेले १,२,३,४ र ७ वडाहरु एमालेले कब्जा गरेको छ । यस्तैगरी कांग्रेसले ४ र ८ वडा जितेको छ भने माओवादीले ६ नं वडा जितेको छ । यस पालिकामा अन्य पार्टीहरुले भने जित्न सकेन ।
उदयपुरगढी गाउँपालिका
यसैगरी एमालेले उदयपुरगढीमा १ मात्र वडा जितेर एमालेको साख बचाएको अवस्था छ । ८ ओटा वडाहरु रहेका यस पालिकाको ८ नं वडामै एमालेले जितेको हो । यस वडामा सबै भन्दा बढी माओवादीले ३ ओटा वडाहरु जितेको छ भने कांग्रेसले २ ओटा वडाहरु जितेको छ । माओवादीले ३,४ र ७ गरी ३ ओटा वडाहरु जितेको छ । यस्तैगरी यस पालिकामा भने एकीकृत समाजवादीले पनि एउटा वडा जितेको छ । समाजवादीले १ नं वडामा जित निकालेको छ । यस्तैगरी पालिकाको ८ नं वडामा भने स्वतन्त्र उम्मेदवारी धाराले जितेको छ ।
लिम्चुङबुङ लिम्चुङबुङमा एमालेले सुन्य वडा जितेको छ । यस पालिकाको ५ ओटै पालिकाहरुमा एमालेले आफुलाई बिजयी बाट बन्चित बनाए । एक वडा सदस्य बाहेक कुनै पनि जनप्रतिनिध यस पालिकामा एमाले बाट जित्न सफल भएन् ।
यस पालिकामा माओवादीले २ ओटा पालिका जिते भने कांग्रेसले १ र स्वातन्त्र र जनता समाजवादीले १÷१ ओटा वडा जिते । माओवादीले १ र २ ओटा वडा जितेको छ भने समाजवादीले ४ नं वडा जिते यसैगरी कांग्रेसले ५ नं वडा जितेको छ । यता स्वतन्त्र उम्मेदवारले ३ नं वडा जितेको छ ।
ताप्ली गउँपालिका
यसैगरी ताप्ली गाउँपालिकामा भने कांग्रेस र एमालेले २÷२ पालिकामा जितेको छ । यता माओवादीले भने जम्मा १ ओटा वडा जितेको छ । कांग्रेसले ३ र ४ मा जितेको छ भने एमालेले १ र २ मा जिेतको छ । माओवादीले ५ नं वडामा जितेको छ ।
४ पालिकामा रहेको बिजयी उम्मेदवारहरुको नामवली सहित
१ नं वडाको अध्यक्ष जनदिप मगर (माअेवादीकेन्द्र) ४३९ मत प्राप्त
२ नं वडाको अध्यक्ष जितेन्द्र राई (माअेवादीकेन्द्र) ४७४ मत प्राप्त
३ नं वडाको अध्यक्ष गुरु मणि कुमाई (स्वतन्त्र उम्मेदवार) मत ३१५ प्राप्त
४ नं वडाको अध्यक्ष छत्र बं। राई (ज।स।पा) ४२८ मत प्राप्त
५ नं वडाको अध्यक्ष कविचन्द्र राई (नेपाली काग्रेस) ३०४ मत प्राप्त
उदयपुरगढी गाउँपालिका
१ नं वडाको अध्यक्ष दिल बहादुर राना मगर (एकिकृत समाजबादी( ६६३ मत प्राप्त
२ नं वडाको अध्यक्ष इन्द्र बहादुर राउत (स्वतन्त्र उम्मेदवार) ३८७ मत प्राप्त
३ नं वडाको अध्यक्ष मनोज कुमार कार्की (माओवादी केन्द्र) ५४९ मत प्राप्त
४ नं वडाको अध्यक्ष राम बहादुर घले (माओवादी केन्द्र) ५०३ मत प्राप्त
५ नं वडाको अध्यक्ष कुमार अधिकारी (नेपाली काग्रेस) ६१० मत प्राप्त
६ नं वडाको अध्यक्ष कृष्ण बहादुर खत्री (नेपाली काग्रेस) १०६० मत प्राप्त
७ नं वडाको अध्यक्ष भुवन केप्छाकी मगर (माओवादी केन्द्र) ९३७ मत प्राप्त
८ नं वडाको अध्यक्ष थिर बहादुर राउत (एमाले) ३८७ मत प्राप्त
ताप्ली गाउँपालिकाको ५ वटा वडामा कस्ले कहाँ जिते
१ नं वडाको अध्यक्ष उद्धव हमाल ९एमाले० ३९९
२ नं वडाको अध्यक्ष छत्र बहादुर क्षेष्ठ ९एमाले० २५८
३ नं वडाको अध्यक्ष रङ्ग मान तामाङ ९नेपाली काग्रेस० ६०६
४ नं वडाको अध्यक्ष उमेश कुमार मगर ९नेपाली काग्रेस० ४२५
५ नं वडाको अध्यक्ष विष्णु कुमार क्षेष्ठ ९माओवादी केन्द्र० ५८२
रौतामाई गाउँपालिकाका ८ वटा वडामा
१ नं वडाको अध्यक्ष रुद्र बहादुर कार्की ९एमाले० ४२६ मत प्राप्त
२ नं वडाको अध्यक्ष होम बहादुर दाहाल खत्री ९एमाले० ५२३ मत प्राप्त
३ नं वडाको अध्यक्ष दिपेन्द्र दाहाल ९एमाले० २८७ मत प्राप्त
४ नं वडाको अध्यक्ष रविन्द्र कुमार वत्री ९नेपाली काग्रेस० ४२६ मत प्राप्त
५ नं वडाको अध्यक्ष पाण्डोब राई ९एमाले० ५२७ मत प्राप्त
६ नं वडाको अध्यक्ष पृथ्वी कुमार राई ९माओवादी केन्द्र० ४५५ मत प्राप्त
७ नं वडाको अध्यक्ष मनोज कुमार राना मगर ९एमाले० ७९३ मत प्राप्त
८ नं वडाको अध्यक्ष घमान सिंह थापा ९नेपाली काग्रेस० ३६३ मत प्राप्त
