Tuesday, June 2News That Matters

उदयपुरमा घरदेखि करिब १ सय मिटरको दूरीमा राईको शव फेला

पूर्णपुष्टि, माघ ९
उदयपुरमा एक ५० वर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने टलकुमार राईको शव उनको घरदेखि करिब १ सय मिटरको दुरीमा फेला परेको हो ।
शनिवार साढे १२ बजेको समयमा राईको शव घर नजिकैको पोथ्रा रुखमा झुण्डीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक राई घर बनाउने मिस्त्री काम गर्दै आएको स्थानीयले जनाएको छ । घटनाको प्रकृति हेरेर पोस्टमार्टमपछि मृतक आफैले वा अरु कोहीबाट घटना भएको हो भन्ने तथ्य खुल्ने उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले बताउनुभयो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ ।
यता मृतकका श्रीमतिले भने घरमा कुनै मन मुटाव नरहेको बताउनुभएको छ ।