
पूर्णपुष्टि,माघ १४
उदयपुमा घाँस काट्न गएकी एक महिलाको शव जंगलमा फेला परेको छ । जिल्लाको ताप्ली गाउँपालिका–३ दगलेकी ५० वर्षीया लक्ष्मीमाया तामाङको शव खोलामा फेला परेको हो ।
तामाङको मृत्यु भीरबाट लडेर भएको प्रहरीले जनाएको छ । उनी बिहानै घाँस काट्न घरछेउकै जंगलमा गएकी थिइन् । स्थानीयका अनुसार बाख्रालाई घाँस काट्न गएकी तामाङ बगले भीरबाट लडेको हो ।
तामाङ भीरबाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।
डिएसपी गौतमका अनुसार लडेर खोलामा पुगेको शवलाई स्थानीय र आफन्तले घरमा ल्याएर राखेको बेला प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली समेत सदरमुकाम गाईघाटबा घटनास्थल पुगेको बताइएको छ ।
मृतकको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको डिएसपी गौतमको भनाई छ ।

