
पुर्णपुष्टि,असोज ४
अबैध रुपमा काठ चोरी गरी ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यलय उदयपुरले ४ जनालाई शनिवार पक्राउ गरको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी जोगिदहबाट खटिएको टोलीले कङ सामुदायिक वन क्षेत्रबाट सखुवा जातको काठ चोरी गरि ल्याउदै गर्दा पक्राउ गरेको हो । पक्राउ परेको काठ ४ क्यु.फिट बराबरको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका २ का ५० वर्षिय कल्सु चौधरी, २८ वर्षिय अविर चौधरी, २६ वर्षिय सुरज थापा र २६ वर्षिय पवन खत्री रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान प्रश्चात कारबाहीको लागि डिभिजन वन कार्यालय उदयपुर पठाएको प्रहरीले बताए ।
