
पूर्णपुष्टि, साउन १३
जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्राप्त निवेदनको आधारमा चोरी भएका तथा हराएका १० थान मोवाईल फेला परेको छ । विभिन्न मितिमा चोरी भएको तथा हराएका मोवाईलहरु खोज तलास गर्ने अभियान अन्तर्गत अन्दाजि ३ लाख मुल्य बराबरको १० थान मोवाईल प्रहरीले बरामद गरेको हो ।
सम्बधित मोवाईल धनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा बोलाएर बरामद भएको मोवाईल हस्तान्तरण गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

