
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिका–७ जोगीटोल स्थित मदन भण्डारी राजमार्गमा जन्ति बोकेको बस र मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार बिहिबार राती ८:४० बजेको समयमा जन्ती बोकेर कटारी देखि गाईघाट तर्फ आउदै गरेको बा ०६ –००१ ख ०१९५ नम्बरको बस र बिपरित दिशा देखि तेजपत्ता बोकेर जादै गरेको ना ८ ख २४०४ नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका बाराको गढी गाउपालिका ४ का ७० बर्षिय सिताराम धामीको बिराटनगरस्थित न्यरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी योगिले जनाए ।
मृतक धामी जन्ती रहेको खुल्न आएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका २० जना उपचार पछी घर फर्किएका छन भने ४ जनाको न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधनका चालक सामान्य घाइते भएकोमा उनिहरुको उपचार पछी नियन्त्रणमा लिईएको र घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।