
पूर्णपुष्टि, कार्तिक ११
जबरजस्ती गरणीको आरोपमा उदयपुरमा एक जना शिक्षक पक्राउ परेको छ । रौतामाई गाउँपालिका ५ कालिमाटी बस्ने बर्ष २८ को शिक्षक प्रलाद राईलाई स्थानीय एक महिलामाथी जवरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
आफुलाई जवरजस्ती करणी भएको भन्दै पिडित महिलाले प्रहरीमा बिहिबार उजुरी दिएको आधारमा शिक्षक राईलाई पक्राउ गरिएको गौतमले बताए । उनलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
डिएसपी गौतमका अनुसार पक्राउ परेका राई रौतामाई गाउँपालिका ५ स्थित कालिमाटी माध्यमिक बिद्यालयका शिक्षक हुन् । शिक्षक राईले जबरजस्ती करणी उद्योग गरेको भन्दै महिलाले उनि बिरुद्ध मुद्दा दर्ता गराएको पीडितको आफन्तहरुको भनाई छ । पक्राउ परेका राईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

