Friday, February 14News That Matters

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ १५ । उदयपुरमा जवरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ किराँतचोक बस्ने १८ बर्षीय परिवर्तित नाम १४–४–१७ च रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जवरजस्ती करणी मुद्धामा फरार रहेको प्रतिवादीलाई गोप्य सुचनाको आधारमा बुधबार साझँ ५:५० बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी नायव निरिक्षकको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए ।

जिल्ला अदालतले २०७८।१०।११ गते १२ बर्ष ५ महिना १० दिन कैद सजाय फैसला गरेतापनि फरार रहेका प्रतिवादीलाई गाउँ घरमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागि जिल्ला अदालतबाट निजलाई शुक्रबार बाल सुधार गृह बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।