उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, कार्तिक ३ ।उदयपुरमा जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी
न.पा.५ भोर्ले बस्ने २० बर्षीय महेश नेपाली भन्ने टीका त्रिखत्री रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले जबरजस्ती करणी मुद्धामा २०७७।०८।१६ गते १२ बर्ष ४ महिना ३ दिन कैदको फैसला गरेको थियो । अदालतले फैसला गरेतापनि हालसम्म फरार रहेका उनलाई बिहिबार साझँ ६ बजेर ४० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0