Friday, May 15News That Matters

उदयपुरमा टिपर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाईते

पूर्णपुष्टि, फागुन ४
उदयपुर गढी गाँउपालिका–७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नंम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको थियो ।
टिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएकोमा उपचारको क्रममा स्थानीय १९ बर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।