Thursday, May 21News That Matters

उदयपुरमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवक पक्राउ

पूर्णपुष्टि÷गाईघाट, असोज ४ । उदयपुमा ट्याक्टर चोरी गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का २४ बर्षीय सुदिप चौधरी, चौदण्डी–५ का २५ बर्षीय रोहित कुमार चौधरी र २४ बर्षीय चन्दन कुमार चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार बिहान १ बजेको समयमा त्रियुगा नगरपालिका–१३ बहेडवाका देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा–१३ फुलजोर स्थितबाट ट्याक्टर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनिहरुले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ भने पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।