
पूर्णपुष्टि, भदौ ५ । उदयपुरमा एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता राजन चापागाईका अनुसार सुनसरीको इटहरीबाट समान लिएर उदयपुरको बेलका नगरपालिका–२ भागलपुर तर्फ आउँदै गरेको को २ त ६३४९ नम्बरको ट्याक्टर चौदण्डीगढी नगरपालिका–३ हात्तिसारमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा चालक तिलक राईको घटनास्थलमै मृत्यु भएको प्रवक्त्ता चापागाईले बताए । घाइते दुई जनाको चौदण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। तर स्थानीयवासीका अनुसार ट्याक्टरमा फलामको ट्युब लोड गरिएको र सडक ओरालो भएकोले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।
