
पूर्णपुष्टि, वैशाख ५ । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका–६ बस्ने २८ बर्षीय समिर चौधरी रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) रमेश थापाका अनुसार मंगलबार राति १० बजे उदयपुरगढी गाउँपालिका–७ अधेरी स्थित मदन भण्डारी राजमार्गमा ट्रक दुर्घटना भएको हो । चितवनबाट इतहरी तर्फ रंग बोकर आउदै गरेको ग १ ख ४७५३ नंम्बरको ट्रक ओरालोमा ब्रेकफेल भई सडकमा पल्टिदा चालक चौधरी घाईते भएका थिए ।
दाहिने खुट्टामा र शरिरको भित्री भागमा चोट लागेका चालकलाई जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार पश्चात थप उपचारको लागी राति १२ बजे बिराटनगर रेफर गरिएको एसपी थापाले बताए । चालक चौधरीको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना ग्रस्त सवारी साधन भने दुर्घटना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।
